| मङ्लबार, अशोज १२, २०८३

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखामा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगिता पालुङटारस्थित भवानी मावि, माझटार खेलमैदानमा आयोजना गरिएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिँह बस्नेत(शान्तसिँह)ले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शलआर्टस् विधामा प्रतिस्पर्धा हुने उनले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिंह बस्नेत(शान्तसिँह)को अध्यक्षता एवं प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख बासुदेव पाठक, विभिन्न पालिकाहरुका प्रमुख–उपप्रमुखहरु लगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्