| मङ्लबार, कार्तिक २४, २०८३

हिउँले छोपियो चुम उपत्यका

उत्तरी गोरखाको बस्ती छेकम्पार यतिबेला हिउँले छोपिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका करिब तीनसय घरधुरी हिउँले ढाकिएको स्थानीय छिरिङ लामाले जानकारी दिए । आइतबार अपरान्हदेखि हिउँ पर्न सुरु गरेको त्यहाँका सुकजंग गुरुङले बताए ।

उनका अनुसार यो हिमपात यसबर्षकै पहिलो हो । ‘हिँजो दुईबजेतिरबाट हिउँ पर्न सुरु भएको हो’, उनले भने, ‘रातभरि हिउँ प¥यो । हिउँले ढाकिएपछि स्थानीयबासी पनि खुशी भएका छन् ।’ धेरै भारी हिमपात पनि नभएको र जौ, करुबारीमा सिँचाइ पनि भएको भन्दै स्थानीय खुशी भएको उनले बताए ।
तस्वीरहरु: छिरिङ लामा

प्रतिक्रिया दिनुहोस्