
किसान परिचय पत्र वितरणको तयारी गर्दै पालुङटार नगरपालिका
किसानलाई परिचयपत्र वितरणका लागि पालुङटार नगरपालिकाले कृषकहरुको सूचि तयार गर्न थालेको छ । हालसम्म २ हजार २५० जना किसानहरु सूचीकृत भइसकेको पालिकाले जनाएको छ । सूचि तयार गर्न पालिकाले वडा स्तरमा ‘कृषक सूचिकरण कार्यक्रम’ संचालन गरेको छ ।
सोही कार्यक्रम अन्तरगत हालसम्म पाँच वटा वडाबाट कृषकहरुको सूची तयार गरिएको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले बताए । वडा नं ६, ७, ८, ९ र १० मा सूचिकरणको काम सम्पन्न भएको उनले जानकारी दिए । ‘सूचीकृत किसानहरुको प्रमाणिकरण हुन बाँकी छ,’ उनले भने, ‘प्रमाणिकरणको काम वडाले गर्छ ।’ सूचीकृत भएका किसानहरुलाई सम्बन्धीत वडाले प्रमाणिकरण गरेपछि किसान कार्ड÷किसान परिचयपत्र प्रदान गरिने उनले बताए । किसान कार्डले विभिन्न सरकारी अनुदान वितरणमा समानता ल्याउन सहयोग पु¥याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
उनका अनुसार यो वर्ष वडा नं ४ र ५ मा सूचीकरणको काम हुनेछ । आगामी वर्ष वडा नं १, २ र ३ मा कार्यक्रम संचालन गर्ने तयारी रहेको उनको भनाई छ । कृषि र पशुपालनमा आवद्ध कृषकहरुलाई सूचीकृत गरिएको बताउँदै उनले थपे, ‘हाल सिमित बजेट भएकाले एकैपटक सबै वडामा कार्यक्रम लागू गर्न सकेनौ । अर्को वर्ष बजेटले भ्याएसम्म बाँकी तीनै वडामा काम हुन्छ, नभ्याए चरणबद्ध रुपमा काम गर्नेछौँ ।’
संघको प्राप्त भएको बजेटले ‘कृषक सूचिकरण कार्यक्रम’ संचालन गरिएको उनले बताए । ‘हाल किसानहरु छरिएर रहेको अवस्था छ जसकाकारण पालिकामा कति किसान छन् ? कृषिले कति रोपनी क्षेत्रफल ओगटेको छ ? कृषि उत्पादन कति छ ? जस्ता प्रश्नको उत्तर पालिकासँग छैन’, उनले भने, ‘वास्तविक किसानको डाटा नहुँदा सरकारी अनुदानमा अनियमितता देखिएको छ, एउटै व्यक्तिले दोहो¥याएर, तेहे¥याएर अनुदान पाएको अवस्था छ ।’
यस्ता अनियमितता नियन्त्रणका लागि पनि किसानहरुको सूचि तयार गर्ने काम थालिएको उनले जानकारी दिए । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली, २०८०’ मा विभिन्न आधारमा किसानको वर्गीकरण गरिनुपर्ने उल्लेख छ । जसमा निर्वाहमुखी किसान (भूमिहीन/कृषि मजदुर/आरन व्यवसाय/परम्परागत खेतीसमेत), साना व्यावसायिक किसान, मझौला व्यावसायिक किसान र ठुला व्यावसायिक किसान गरी चार तहमा वर्गीकरण गरिएको छ ।
यस्तै, ती चार तहलाई खेती गरिरहेको किसान, पशुपालन, मत्स्यपालन गरिएको क्षेत्रफल आम्दानी विवरणको आधारमा वर्गीकरण गर्न सकिने उल्लेख छ । सोही आधारमा किसानहरुलाई किसान परिचयपत्र÷किसान कार्ड प्रदान गरिने बताइएको छ । नगरभित्र सक्रिय रुपमा कृषि पेशामा आवद्ध भएका कृषकको सूची तयार गरी व्यवसायीक कृषि प्रवद्र्धन गर्न कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।




