| आइतवार, कार्तिक २२, २०८३

गोरखा उवासंघ महिला उद्यमी बिकास समितिमा श्रेष्ठ

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समिति गोरखाको अध्यक्षमा रीता श्रेष्ठ चयन भएकी छन् । शनिवार सम्पन्न समितिको १२ औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा जुना बिश्वकर्मा, सचिवमा शारदा खत्री, कोषाध्यक्षमा रुपा गुरुङ, सह–सचिवमा कल्पना श्रेष्ठ र सह–कोषाध्यक्षमा सिर्जना पाण्डे चयन भएका छन् । सदस्यहरुमा सरिता मास्के, रन्जु घिमिरे, कमला खनखवास, बबिता मास्के, सरस्वती श्रेष्ठ, रोस्ता श्रेष्ठ र चमिना गुरुङ रहेका छन् ।

समितिकी अध्यक्ष रिता रेग्मीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवनज्योती श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा नगरपालिकाकी निवर्तमान उपप्रमुख बिनाकुमारी श्रेष्ठ, गोरखा उवासंघ महिला उद्यमी बिकास समिति सदस्य सोमती श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा महिला उद्यमी पूर्णिमाया गुरुङलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्