| मङ्लबार, कार्तिक २४, २०८३

३०३ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाइयो

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा दुई छुट्टाछुट्टै कार्यक्रम भएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आयोजना तथा गोरखा नगरपालिकाको सम्पूर्ण व्यस्थापनमा विहान कार्यक्रम भएको थियो ।

ठुलोआँगनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमअघि प्रभातफेरी कार्यक्रम समेत भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट सुरु भएको ¥याली बिसौनी, बसपाकृ हुदैं ठुलोआँगन पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमकै अवसरमा ठुलोआँगनस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण समेत गरिएको थियो । कार्यक्रमकै अवसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा राष्ट्र निर्माता सलामी समेत दिएका थिए ।

दिवसको अवसरमा राप्रपा नेपाल जिल्ला कार्यसमिति गोरखाले पनि गोरखा संग्रहालय परिसरभित्र कार्यक्रम गरेको छ । उनीहरुले संग्रहालय परिसरभित्र रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण समेत गरेका थिए ।

राप्रपा जिल्ला अध्यक्ष भगवानदास मल्लको अध्यक्षता तथा केन्द्रीय सदस्य रामराज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानव अधिकारवादी संगठन गोरखाका अध्यक्ष यदु अधिकारी, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, ब्रम्हकुमारी ऐश्वर्य विश्व विद्यालयकी मञ्जु अर्याल, राप्रपा गोरखाका अनुशासन विभाग संयोजक गणेशमान सिंह श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम पूर्व ¥याली समेत निकालिएको थियो । राप्रपा जिल्ला पार्टी कार्यालयबाट निकालिएको ¥याली हरमटारीचोक, बिसौनी, बसपार्क, ठुलोआँगन हुँदै संग्रहालय परिसरभित्र पुगेर कार्यक्रममा परिणत भएको राप्रपाका जिल्ला सचिव रमेश रमण खनालले बताए ।

दिवसकै अवसरमा शनिबार साँझ ठूलो आँगन परिसरमा दिप प्रज्ज्वल गरेको छ । प्रज्ञिक विद्यार्थी परिषद्ले दिप प्रज्जवलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्