| मङ्लबार, कार्तिक २४, २०८३

अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने दुई टिपर प्रहरी नियन्त्रणमा

अजिरकोट गाउँपालिका–५ वालुवास्थित दरौदीं नदीबाट अवैध रुपमा गिटी ल्याउँदै गरेको दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ क ६२८४ र ग १ ख ७५७० नम्वरको टिपरलाई बिहीवार वालुवा स्थित प्रहरी चौकीबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ध्रुव शर्माले बताए ।

‘चेकजाँचको क्रममा उत्खनन अनुमति र खरिद बिल दुवै नभेटेपछि नियन्त्रणमा लिएका हौ,’ उनले भने । नियन्त्रणमा रहेको ती टिपरलाई आवश्यक कारवाहीका लागी शुक्रवार सम्बन्धित पालिकामा पठाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्