| मङ्लबार, कार्तिक २४, २०८३

औषधी पसलहरुको अनुगमन

गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिहीबार बिभिन्न गोरखा अस्पताल आसपासका पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा केही औषधी पसलहरुले व्यवसाय नविकरण नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उक्त पसलहरुलाई व्यवसाय नविकरण गर्न भनिएको उनले जानकारी दिए । सरसफाईमा ध्यान दिन, म्याद नाँघेका औषधीहरु छुट्टै राख्न र अनुमति बिना ल्याव संचालन नगर्न निर्देशन दिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना भएको अनुगमनमा जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, गोरखा नगरपालिका स्वास्थ्य शाखा, गोरखा उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्