
गोरखामा संघिय शहरी बिकास तथा भवन निर्माण कार्यालय आउने
संघिय शहरी बिकास तथा भवन निर्माण कार्यालय गोरखामा आउने भएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ बाट रहने गरी कार्यालय आउन लागेको हो । मन्त्रीपरिषदको बैठकबाट निर्णय समेत भइसकेको कार्यालयका इन्जिनियर बिरवल सुनारले बताए ।
उनका अनुसार उक्त कार्यालयले गोरखासहित लम्जुङ र मनाङ जिल्ला हेर्ने छ । ‘अहिले पूर्वाधार बिकास कार्यालयसँगै रहेको भवनमा यो कार्यालय बस्छ,’ उनले भने । गण्डकी प्रदेशभर हाल कास्की र वाग्लुङमा मात्र कार्यालय रहेको उनले जानकारी दिए । उनका अनुसार कास्कीले कास्कीसहित स्याङ्जा र तनहूँ हेर्छ ।
वाग्लुङले वाग्लुङसहित मुस्ताङ, पर्वत र म्यादी हेर्छ भने नवलपुर जिल्ला चितवनले हेर्दै आएको छ । बाँकी जिल्ला कास्कीले हेर्दै आएपनि आगामी आवबाट गोरखाले हेर्ने बताइएको छ ।




