| मङ्लबार, कार्तिक २४, २०८३

खाद्य स्वच्छता र उपभोक्ता हित विषयक अन्तरक्रिया सम्पन्न

जिल्लामा खाद्य स्वच्छता र उपभोक्ता हित विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली र जिल्ला प्रशासन कार्यालय गोरखाको संयुक्त आयोजनामा मंगलवार कार्यक्रम भएको हो ।

कार्यक्रममा उपभोक्ता हक हित र अधिकारका बारेमा छलफल भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्याल दमौलीका प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का बारेमा सहजिकरण गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उपभोक्ता हक हित र अधिकारका बारेमा सहजिकरण गरेका थिए । खाद्य ऐन २०८१ लागु भएसँगै व्यवसायीहरुले सोही अनुसार खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा ध्यान दिन आग्रह गरिएको छ ।
मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागी कार्यक्रमले सहयोग पुग्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्डबिक्रम पौडलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय, व्यवसायी, मानव अधिकारीकर्मी, संचारकर्मी लगायतले सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्