| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालमा बालबालिकाहरुका लागि ‘चाइल्ड प्ले थेरापी’

गोरखा अस्पतालमा बालबालिकाहरुका लागी ‘चाइल्ड प्ले थेरापी’ अर्थात बाल खेल उपचार कक्ष स्थापना भएको छ । उपचार प्रक्रियामा रहेका बालबालिकाहरुको डर, तनाव र असहजपन हटाउने उदेश्य सहित अस्पतालले थेरापी कक्ष संचालनमा ल्याएको हो ।

यही पौष १७ गतेबाट कक्ष संचालनमा आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । एक लाख लागतमा निर्माण भएको उक्त कक्षमा अस्पताल भर्ना भएका बालबालिकाहरु खेल्न सक्ने उनले जानकारी दिए ।

‘उपचारको क्रममा रहेका बालबालिकाहरु सक्रिय हुन थालेपछि सो कक्षमा गएर खेल्न पाउने छन्’, उनले भने, ‘यसले उनीहरुको उपचार प्रक्रियालाई सकरात्मक बनाउनुका साथै, भावनात्मक स्वास्थ्यलाई पनि सन्तुलित राख्न सहयोग पु¥याउँछ ।’ कक्ष निर्माणका लागि एकिकरण नेपालले २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

उनी भन्छन्, ‘हाल थोरै मात्र सामाग्रीहरु राखेर थेरापी कक्ष संचालनमा ल्याएका हौँ । तर, बिस्तारै सामाग्रीहरुको मात्रा बढाएर यसलाई बिस्तार गर्ने लक्ष्य छ ।’ अस्पतालको बाल वार्ड नजिकै कक्ष स्थापना गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्