| मङ्लबार, कार्तिक २४, २०८३

मनकामनामा बजार अनुगमन

शहीद लखन गाउँपालिकाको मनकामना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहूँको सहकार्यमा बजार अनुगमन भएको हो ।

मनकामना बजारको होटल, स्टेशनरी र किराना पसलहरु अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य सामाग्री भेटिएको र बरामद गरिएको उनले जानकारी दिए । उनका अनुसार नविकरण विना संचालन भएका पसलहरुलाई कारवाही समेत गरिएको छ ।

‘अनुगमनको क्रममा कर कार्यालयका साथीहरुले बिना नविकरण संचालनमा आएका अधिकांश पसलहरुलाई ५–१० हजारका दरले जरिवाना तिराउनुभएको छ’, उनले भने । अनुगमनमा सहायक प्रजिअ बराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सन्तोष थापा, अनु खरेल, पालिकाका जनप्रतिनिधि, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्