| मङ्लबार, कार्तिक २४, २०८३

हत्या आरोपमा पक्राउ परेका गुरुङ पुर्पक्षका लागि कारागार चलान

बारपाककी सूचीना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतवार गोरखा जिल्ला अदालतको थुनछेक आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४३ बर्षीय गुरुङलाई गत मंसिर २४ गते पक्राउ गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । अदालतको आदेश अनुसार आइतवार उनलाई कारागार पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

गत १५ मंसिरमा घाँस काट्न जंगल जादाँ सम्पर्कविहीन भएकी सूचीना तीन दिनपछि मृत फेला परेकी थिइन् । गाडिएको अवस्थामा उनको शव भेटिएको थियो । हत्या आरोपमा पक्राउ परेका गुरुङले हत्या गरेको स्वीकार समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्