| मङ्लबार, कार्तिक २४, २०८३

फिस्लिङदेखि आग्रीडाँडा हुँदै भैरवी जोड्ने सडक शनिबारदेखि बन्द हुने

गण्डकी गाउँपालिका–६ अन्तरगत पर्ने फिस्लिङदेखि आग्रीडाँडा हुँदै भैरवी जोड्ने सडकखण्ड यही शनिबारदेखि बन्द हुने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नआएसम्मका लागी उक्त सडकखण्ड बन्द रहने जनाएको हो ।

सो सडकखण्ड अन्तरगत फिस्लिङदेखि आग्रीडाँडा खण्डमा स्तरोन्नतीको काम हुने भएकाले सडक बन्द गर्न लागिएको वडाध्यक्ष तुलबहादुर गुरुङले बताए । अर्को सूचना नआएसम्म सो सडकखण्डमा सवारी साधान आवतजावत बन्द रहने उनले जानकारी दिए । सवारी प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा फिस्लिङदेखि वनटार हुँदै आग्रीडाँडा निस्कने बाटो प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्