| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी क्लब अफ बज्र मनासलुको अध्यक्षमा विनोद अर्याल

रोटरी क्लब अफ बज्र मनासलुको अध्यक्षमा विनोद अर्याल सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न भेलाबाट वर्ष २०२५/०२६ को लागि अध्यक्ष पदमा अर्याल चयन भएका हुन् । सो भेलाले अर्यालको अधयक्षतामा रोटरी क्लब अफ बज्र मनासलुको नयाँ कमिटि गठन गरेको छ ।

कमिटिको इमिडेट पास्ट प्रेसिडेन्डमा सुमेन्द्र श्रेष्ठ, प्रेसिडेन्ड इलेक्टमा राजुबाबु लामिछाने, भाइस पे्रसिडेन्ट नोमिनीमा रामशरण कोइराला, भाइस पे्रसिडेन्ट नोख बहादुर बोगटी(अमृत), सेक्रेटरी दामोदर घिमिरे र ट्रेजर सुजना श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै जोइन्ट सेक्रेटरीमा शिवकुमार श्रेष्ठ, क्लब एडमिन डाइरेक्टर ज्ञानेन्द्र श्रेष्ठ, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा गोर्कण राना, फाउण्डेशन डाइरेक्टरमा निधिप्रसाद तिमिल्सिना, पब्लिक इमेज डाइरेक्टरमा भोलाप्रसाद मरहट्टा, सर्जेन्ट एटी आर्मसमा शिशुबाबु प्रधान चयन भएका अध्यक्ष अर्यालले बताए ।

कमिटिको आरसिसि चिवारमा विष्णु राना मगर, लिट्रिसी चिवारमा रुसबाबु जोशी, क्लब एडभाइजरमा रामकुमार श्रेष्ठ र रोट्रयाक्ट एडभाइजरमा रमेश थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्