| मङ्लबार, कार्तिक २४, २०८३

पत्रकार देवराज गुरुङ पुरस्कृत


गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ निवासी पत्रकार एवं लेखक देवराज गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमान–कमला पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार एक समारोहका बीच पत्रकार गुरुङलाई नगद २० हजार १ रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका हुन् ।


पत्रकार देवराज गुरुङ इच्छाकामना न्युज डटकमका सम्पादक हुन् । पुरस्कारबापत प्राप्त उक्त रकमबाट पत्रकार गुरुङले गण्डकी गाउँपालिकाको तोमनडाँडा माविमा छात्रवृत्तिको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघले देवराजसहित अन्य ६ जनालाई विभिन्न पुरस्कार बाट पुरस्कृत गरेको छ ।


सो पूर्वप्रधानसेनापति छत्रमान–कमला पत्रकारिता पुरस्कार गैरगुरुङतर्फ फोटो पत्रकार वर्षा शाह, आदिकवि हर्क गुरुङ स्मृति पत्रकारिता पुरस्कार शीला गुरुङ, लक्ष्मी गुरुङ र गणेश गुरुङलाई प्रदान गरिएको छ । त्यस्तै तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार निरु गुरुङलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्