
नेपाल भूपू सैनिक संघ गोरखाको अध्यक्षमा पोखरेल
नेपाली कांग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा बद्रिप्रसाद पोखरेल चयन भएका छन् । संघको आईतबार सम्पन्न छैटौँ अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको सचिवमा युध्दिबहादुर कुमाल र कोषाध्यक्षमा मिनबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा कञ्चनकुमार श्रेष्ठ, विष्णुबहादुर थापा मगर, रामबहादुर खत्री, मेखबहादुर बस्नेत, सीताराम थापा मगर, बेदबहादुर बराम, श्यामबहादुर लामिछाने, दिपकबहादुर लामिछाने, टेकबहादुर राना, मनबहादुर राना मगर, निलबहादुर पुलामी, गोविन्द राना मगर, माधव अर्याल, एकराज गुरुङ, शिवजी बानियाँ, मछेन्द्र बाबु थापा र अनिल श्रेष्ठ छन् ।
केन्द्रिय प्रतिनिधिहरुमा शेरबहादुर थापा, रेशमबहादुर गुरुङ, परशुराम पोखरेल र पोखबहादुर पौडेल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा राजु थापा, सुब्बा पन्त, गोविन्द गुरुङ र भगवती कुमाल चयन भएको संघले जनाएको छ ।




