| मङ्लबार, कार्तिक २४, २०८३

इन्सेकको वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाहरुको बार्षिक समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा आइतवार एक कार्यक्रमकाबीच घटनाहरुको समिक्षा गरिएको हो । कार्यक्रममा एक बर्षको अवधिमा इन्सेकले जिल्लामा अभिलेख गरेको ३४ घटनाहरु सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले हिंसाका घटनाहरु न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रममा जोड गर्नुपर्ने बताएका थिए । नागरिक तथा राजनितिक अधिकारसँगै सामाजिक र सास्कृतिक अधिकारका विषयवस्तुलाई पनि पुस्तकले महत्वका साथ स्थान दिनुपर्ने सहभागीको भनाई छ ।

मानव अधिकार संजालका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्मा, कानुन ब्यवसायी स्थानेश्वर दवाडी, यादवप्रसाद शर्मा, एमनेष्टी इन्टरनेशनल समूह ७६ का रमेश अधिकारी, महिला मानव अधिकार रक्षक संजालकी सावित्रि भट्ट लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्