| मङ्लबार, कार्तिक २४, २०८३

सोमबार गोरखा नगरपालिकाको सबै सेवा बन्द

सोमबार गोरखा नगरपालिकाका सबै सेवा प्रवाह बन्द रहने भएको छ । पुष ८ गते नगरपालिकाको हिउँदे नगर सभा तथा १५ औँ अधिवेशन नगरपालिकाको कार्यालयमा सञ्चालन हुने भएकाले सेवा प्रवाह बन्द गरिने आइतबार एक सूचना जारी गर्दै जनाएको छ ।

नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी सोही अधिवेशनमा सहभागि हुनु पर्ने भएकाले नगरपालिका मातहतका सबै वडा कार्यालयहरुको अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह एक दिनको लागी बन्द रहने उक्त सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्