
उत्तरी गोरखाका बिद्यार्थीलाई नेपाली सेनाद्वारा ज्याकेट वितरण
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–४ गाप स्थित नुव्री आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । नेपाली सेनाको रिपुमर्दन गणको समन्वय तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिको व्यवस्थापनमा ज्याकेट वितरण भएको हो ।
रिपुमर्दन गणका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले एक कार्यक्रमकाबीच बिद्यालयका प्रधानाध्यापक गणेश ढकाललाई विद्यार्थीहरुलाई प्रदान गर्नेगरी ज्याकेट हस्तान्तरण गरेका थिए । उक्त ज्याकेट बिद्यालय व्यवस्थापन समितिमार्फत बिद्यार्थीलाई वितरण भएको हो ।
कक्षा १ देखि ८ सम्मका कुल ९४ जना बिद्यार्थीलाई डाउन ज्याकेट वितरण गरिएको गणपति क्षेत्रीले बताए । चिसो बढेसँगै बिद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिन सक्ने र पठनपाठन नै प्रभावित हुन सक्ने भएकाले ज्याकेट वितरण गरिएको उनले जानकारी दिए ।




