| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अधिवेशनभन्दा अघिल्लो दिनमै नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । अध्यक्षलगायत सबै पदाधिकारी र सदस्य पदमा एक एक जनाको मात्र उम्मेद्वार परेको र निर्धारित समयसीमाभित्र कसैको दाबी बिरोध पनि नपरेपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।

‘निर्धारित समयसीमाभित्र सबै पदमा एक–एक जनाको उम्मेद्वारी मनोनयन भयो । तोकिएको समयसीमाभित्र कसैको दाबी बिरोध पनि नपरेपछि सोही अनुसार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरियो । मतदान प्रक्रिया अघि नबढेपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ’, दुवाडीले भने, ‘अब शुक्रबार उद्घाटन सत्र समाप्त भएर बन्द सत्रका कार्यक्रम पनि सकिएपछि नयाँ कार्यसमिति घोषणा हुनेछ । त्यसपछि पदभार ग्रहण र सपथग्रहण कार्यक्रम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्