| आइतवार, कार्तिक २२, २०८३

पेशागत बचतद्वारा एकबर्षमा तीन करोडको कारोबार

विभिन्न पेशा व्यवसाय गर्नेहरु आवद्ध भएको पेशागत बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा तीन करोड रुपैयाँ कारोबार गरेको छ । शनिबार सम्पन्न सो सहकारीको १३ औँ साधारण सभामा कोषाध्यक्ष नन्दलाल रेग्मीले आर्थिक प्रतिवेदन पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले सहकारीको कुल पुँजी ८८ लाख ४५ हजार रहेको पनि कार्यक्रममा जानकारी गराएका थिए । ३२३ जना पेशाकर्मी सेयर सदस्य रहेको सो सहकारीको साधारण सभामा सचिव नवराजभक्त उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन तथा आगामि बर्षको प्रस्तावित कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले आ–आफ्नो पेशाको वृत्ति विकास संगसंगै सहकारी संस्थामार्फत वित्तविकासमा लाग्न सेयर सदस्यहरुमा शुभकामना व्यक्त गरेका थिए ।

सहकारी संस्थाकी अध्यक्ष मञ्जु अर्यालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका सल्लाहकार लुमनाथ लामिछाने, ट्रेड युनियन कांग्रेसका अध्यक्ष शिव थापा, शिक्षक संघ गोरखा जिल्ला कार्यसमितिका अर्जुनबाबु श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्