| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाटमा निशुल्क स्वास्थ्य शिविर हुँदै

आरुघाट गाउँपालिकामा तीनदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यही पुष २२ देखि २४ सम्म आरुघाट–९ स्थित आरुघाट स्वास्थ्य चौकीमा शिविर हुने भएको हो । आरूघाट गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनल सिङ्गापुरको संयुक्त सहकार्यमा शिविर हुन लागेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण, अकुपञ्चर, छाला सम्बन्धि रोग र स्त्री रोगको परिक्षण गरिनुका साथै निशुल्क रुपमा औषधी उपलब्ध गराउने किमोलुङ फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले बताए । शिविरमा विशेषज्ञ डाक्टरसहित स्वदेशी तथा विदेशी गरी ६० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिने उनले जानकारी दिए ।

हरेक दिन बिहान १० बजेदेखि बेलुका ३ः३० बजेसम्म सञ्चालन गरिने स्वास्थ्य शिविरमा आरूघाट लगायत आसपासका पालिकाबासीहरुले समेत सेवा लिने अनुमान उनको छ । आरुघाट उत्तरी गोरखाको धार्चे तथा चुमनुब्री गाउँपालिका सहित अन्य पालिकाहरुको पनि सेन्टर पर्ने भएकाले त्यहाँ शिविर संचालन गर्न लागिएको आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्