
महासंघ गोरखाको चुनाव रोकिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको बिरोध
नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित गरिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले बिरोध जनाएका छन् । आउँदो शुक्रबार हुन लागेको महासंघको चुनाव अनायासै स्थगित गरिएको भन्दै तीनैवटा संगठनले अलग अलग विज्ञप्ति जारी गरी बिरोध गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा नरहेका, पत्रकार महासंघको सदस्यता पाउन महासंघको जिल्ला समितिमा आवेदन नदिएका र पहिचानै नभएका व्यक्तिको नाम समेत मतदाता नामावलीको सूचीमा समावेश भई आएको र संशोधनका लागि बारम्बार आग्रह गर्दा पनि महासंघको केन्द्रीय समिति तथा निर्वाचन समितिले बेवास्ता गरेको भन्दै महसंघको जिल्ला शाखाले बुधबार निर्वाचन स्थगित भएको सूचना जारी गरेको थियो ।
सो सूचनाप्रति प्रेस चौतारी र प्रेस सेण्टरले बिरोध गर्दै निर्वाचन प्रक्रिया अघि बढाउने वातावरण बनाउन केन्द्र र प्रदेशसंग माग गरेका छन् भने युनियनले सो मतदाता नामावली संशोधन गरी निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।




