| मङ्लबार, कार्तिक २४, २०८३

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान : गोनपाले अन्तरक्रिया कार्यक्रम गरी समापन ग¥यो

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार, गोरखा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरी समापन गरेको छ । गोनपाले लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेर दिवस समापन गरेको हो ।

हिंसा न्युनिकरणका लागि सरोकारवाला निकाय, प्रशासन र नागरिक समाजको जिम्मेवारीका विषयमा अन्तरक्रिया गरिएको गोनपाकी उपप्रमुख मसलीमाया थोकरले बताइन् । ‘समस्या कानुनमा होइन, कार्यान्वयनमा हो, त्यसैले हिंसा न्युनिकरणका गर्नका लागि हामी सबैले आफैबाट सुरुवात गर्नुपर्दछ’, उनले भनिन् ।

गोनपाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाएको उनले जानकारी दिइन् । ‘अभियानको सुरुवातको दिनका सांस्कृतिक झाँकी सहितको ¥याली सहित कोणसभा ग¥यौँ’, उनले भनिन्, ‘येस्तै अभियानको अवधिभर नै विभिन्न अन्तरक्रिया ग¥यौँ, सोमबार मात्र गोनपाभर अनुपम यात्रा गरी सम्पन्न गरेका छौँ । मंगलबार अभियानको अन्तिम दिन अन्तरक्रिया गरी दिवस समापन गरेका हौँ ।’ कार्यक्रममा हिंसा न्युनिकरणका लागी सबै निकायहरुले आ–आफ्नो स्थानबाट के कस्ता भुमिका निर्वाह गर्ने भन्नेबारे छलफल भएको उनले बताएकी छिन् ।

गोनपाकी उपमेयर मसली माया थोकरको संयोजकत्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्ड विक्रम पौडेल, विभिन्न राजनीतिक दलका पदाधिकारी एवं अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्