
क्यानले चुमनुब्रीमा थप पाँच बर्ष काम गर्ने
चुमनुब्रीमा बिगत २० बर्षदेखि काम गर्दै आएको कम्युनिटी एक्सन नेपाल(क्यान)ले थप पाँच बर्ष सो क्षेत्रमा काम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा काम गर्दै आएको क्यानले सन २०३० सम्म काम गर्नेगरी गाउँपालिकासंग सम्झौता गरेको छ ।
गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङको रोहोबरमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने र क्यानका राष्ट्रिय प्रतिनिधि मुरारी गौतमले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । २०६० सालमा तत्कालीन ल्हो गाविसको ल्हीबाट काम गर्न सुरु गरेको क्यानले अहिलेसम्म चुमनुब्रीका ११ वटा स्वास्थ्यचौकीमा रहेर सेवा गरिरहेको छ ।
साथै प्रोक, यार्चो, छुलेनिलेको विद्यालयमा पनि सेवा गरेको छ । साथै कृषि उत्पादनमा वृद्धि गर्ने कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । स्थानीयबासीलाई तरकारीखेतीतर्फ उन्मुख गराउने उद्देश्यले बिउ विजन बाँड्ने, जनचेतना जगाउने लगायतका काम गरिरहेको छ ।




