| मङ्लबार, कार्तिक २४, २०८३

आँपपिपल अस्पतालको कार्यालयको नाम संशोधन

आँपपिपल अस्पतालको कार्यालयको नाम संशोधन गरिएको छ । अस्पतालले आधिकारिक रुपमा प्रयोग गर्ने कार्यालयको नाम, छाप र लेटर प्याड गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले संशोधन गरेको हो ।

वुधवार पत्राचार गर्दै मन्त्रालयले संशोधन भए अनुरुप कार्यालयको नाम, छाप र लेटर प्याड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । यही मंसिर १७ गते बसेको मन्त्रीपरिषदको बैठकले आँपपिपल अस्पतालसहित अन्य चार स्वास्थ्य संस्थाको नम संशोधन गर्ने निर्णय गरेको हो ।

संशोधन गरेर गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय आँपपिपल अस्पताल, गोरखा नेपाल राखिएको र सोही अनुसार छाप र लेटर प्याड तयार गर्न भनिएको छ । ‘२५ शैयाको उक्त अस्पताल यसअघि पालिका मातहत थियो,’ मन्त्रालयकी उपसचिव गीता घिमिरेले भनिन्, ‘२०८० साल फागुन ७ गते बसेको नेपाल सरकारको क्याविनेट बैठकले उक्त अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गर्दै प्रदेश मातहत ल्यायो ।’

५० शैयामा स्तरोन्नती भएसँगै स्वतः प्रदेश मातहत रहने बताउँदै उनले सोही अनुसार कार्यालयको नाम, छाप र लेडर प्याड संशोधन गर्न भनिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्