
जिल्ला एथ्लेटिक्स संघ गोरखाको अघ्यक्षमा श्रेष्ठ
जिल्ला एथ्लेटिक्स संघ गोरखाको अघ्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अघ्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो । संघको उपाध्यक्ष द्धयमा दलबहादुर थापा र इन्दिराकुमारी धमला, सचिवमा केशवराज रेग्मी र कोषाध्यक्षमा युवकुमारी श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरू क्रमश रविन आचार्य, नेत्रबहादुर निरौला, राजु गुरूङ, रविन रानामगर, प्रकाश पनेरू र वर्षा ढकाललाई चयन गरिएको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य रोशन वानियाँको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेश एथ्लेटिक्स संघको महासचिव मनवहादुर थापा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सरोज थापा, गोरखा नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको उपस्थिति रहेको थियो ।




