| मङ्लबार, कार्तिक २४, २०८३

जबरजस्ती करणीको प्रयास आरोपमा एकजना पक्राउ

१६ बर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘उनी बिरुद्ध गत सोमबार बिहान साढे पाँच बजेतिर जबरजस्ती करणी गरेको भनेर जाहेरी दरखास्त प्राप्त भएको थियो’, डिएसपी इन्द्रप्रसाद सुवेदीले भने, ‘जाहेरीका आधारमा पानपा–४ बाटै उनलाई पक्राउ गरेका हौँ ।’ उनीबिरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्