
गोरखा ५ मा ६०० मत गन्दा माओवादी अगाडि
गोरखा नगरपालिका ५ को वडाअध्यक्षपदका लागि भएको उपनिर्वाचनको ६०० मत गन्दा माओवादीका विष्णु राना अगाडि छन् । निर्वाचन कार्यालयका अनुसार रानाले २०८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका भाइकाजी आलेले १८४ मत प्राप्त गरेका छन् भने एमालेकी दुर्गामाया रानाले १५४ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापाले ३२ मत प्राप्त गरेका छन् ।




