| मङ्लबार, कार्तिक २४, २०८३

आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः श्रेष्ठ

आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः मनोज कुमार श्रेष्ठ चयन भएका छन् । शनिवार भएको समाजको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दिपक गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा दिपेश प्रधान, पुजन श्रेष्ठ, सुरजकुमार श्रेष्ठ, सुमन भट्ट, अम्बिका पन्त, सन्तोष थपलिया, राजकुमार श्रेष्ठ लगायत रहेका छन् । कार्यक्रमको अवसरमा चार जना समाजसेवी सम्मानित भएका छन् । थमबहादुर थापा, शिवकुमार श्रेष्ठ, प्रेमकुमारी थापा र लसु थापालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्