| मङ्लबार, अशोज १२, २०८३

पालुङटारको प्रथम शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

पालुङटार नगरपालिकामा आयोजित प्रथम शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित दुई दिने उक्त कार्यक्रम गत शुक्रबार सम्पन्न भएको हो ।

पानपा–४ स्थित अमरज्योती जनता माविमा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका ५१ वटा विद्यालयहरुले सहभागिता जनाएका पालिकाको शिक्षा शाखा प्रमुख पूर्णबहादुर नेपालीले बताए । शैक्षिक क्षेत्रमा विद्यार्थीहरुको वौद्धिक र सिर्जनात्मक क्षमता उजागर गर्न, उनीहरुको विभिन्न कौशलहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रमको पहिलो दिन बिहिबार मावि स्तरीय मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको उनले जानकारी दिए । उक्त प्रतियोगितामा मिरकोट माविकी आरोही विकले प्रथम स्थान हासिल गरेकी थिइन् । यस्तै, द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमश भवानी माविकी सुशीला गिरी, जनता माविकी अनिशा राना र मदनेडाँडाकी स्नेहा पाटा मगरले हात पारेका थिए ।

सोही दिन बिभिन्न तहका विद्यार्थीहरुद्वारा निर्मित शैक्षिक सामग्रीहरुको पनि प्रदर्शनी भएको थियो । जसअन्तरगत वाल विकास तहको शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितामा लक्ष्मी माविले प्रथम स्थान हात पारेको छ । यस्तै, जनता मावि, युनाइटेड इबोस्कूल र मर्स्याङ्दी प्राविले क्रमश द्वितीय, तृतीय र सान्त्वना स्थान हात पारेका छन् ।

आधारभूत तहको शैक्षिक सामाग्री (विषयगत) प्रदर्शनी प्रतियोगितामा भवानी मावि प्रथम, जीवन ज्योति मावि द्वितीय, भृकुटी आवि तृतीय र अकला मावि, लक्ष्मी मावि र जनता माविले सान्त्वना स्थान हात पारेको छ । माध्यमिक तहको शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश अमरज्योति जनता मावि, लक्ष्मी मावि, भवानी मावि र जनता माविले हात पारेका छन् ।

कार्यक्रमको दोस्रो दिन शुक्रबार १–३ कक्षाको पढाई प्रतियोगिता, ४–५ कक्षाको श्रुतिलेखन र गणित दौड प्रतियोगिता, ६–८ कक्षाको चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । १–३ कक्षाको नेपाली पढाई प्रतियोगितामा जनता मावि प्रथम, पृथ्वी मावि द्वितीय, मदनेडाँडा मावि तृतीय र सूर्य मेमोरियल स्कूल सान्त्वना भएका छन् । कक्षा १–३ को अंग्रेजी विषयको पढाई प्रतियोगितामा युनाइटेड इबोस्कूल प्रथम, मदनेडाँडा मावि द्वितीय, जनता मावि तृतीय र डुम्रे आवि सान्त्वना भएका छन् ।

कक्षा ४–५ को अंग्रेजी विषयको श्रुतिलेखन प्रतियोगितामा युनाइटेड इबोस्कूल प्रथम, ठाँटीपोखरी बालज्योति इबोस्कूल द्वितीय, जनता मावि तृतीय र अमर ज्योति जनता मावि सान्त्वना भएका छन् भने, कक्षा ४–५ को नेपाली विषयको श्रुतिलेखन प्रतियोगितामा अकला मावि प्रथम, मदनेडाँडा मावि द्वितीय, अन्नपूर्ण मावि तृतीय र भवानी मावि सान्त्वना भएका छन् ।

कक्षा ६–८ को चित्रकला प्रतियोगितामा जनज्योति आवि प्रथम, भवानी मावि द्वितीय, अमरज्योति जनता मावि तृतीय र युनाइटेड इबोस्कूल सान्त्वना भएका छन् । कक्षा ४–५ को गणित दौड प्रतियोगितामा भवानी मावि प्रथम, युनाइटेड इबोस्कूल द्वितीय, जनता मावि तृतीय र पौवाटार प्रगति इबोस्कूलले सात्न्वना स्थान हासिल गरेको छ ।

कार्यक्रममा सर्वोकृष्ट आधारभूत विद्यालयको पुरस्कार जनता माविले हासिल गरेको छ भने सर्वोकृष्ट माध्यमिक विद्यालयको पुरस्कार अमरज्योति जनता माविले प्राप्त गरेको छ । कार्यक्रमको अवसरमा पालुङटार नगरपालिकाभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये माध्यमिक तह उतीर्ण परीक्षा कक्षा १२, २०८० मा सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा र छात्र तथा एसइई २०८० मा सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा र छात्र पुरस्कार हस्तान्तरण गरिएको थियो ।

पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण बहादुर नेपालीको अध्यक्षता तथा नगर प्रमुख विवस चिन्तनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख वन्दना पाण्डे, पालिकाको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, विभिन्न वडाका अध्यक्षहरु, राजनीतिक दलका व्यक्तित्वहरु, शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्