
लैंगिक हिंसाविरुद्धको अभियान कर्मकाण्डी
बिफरविरुद्धको अभियानले बिफर, औलोविरुद्धको अभियानले औलो, हात्तिपाइले रोगविरुद्धको अभियानले हात्तिपाइले रोग नियन्त्रण ग¥यो । पोलियाविरुद्धको अभियानले पोलियो नियन्त्रण ग¥यो । उन्मुलनको लक्ष्य हो । ढिलो छिटो उन्मुलन हुनसक्ला ।
तर लैंगिक हिंसाविरुद्धको अभियान जुन छ, बर्षेनी सञ्चालन हुनेगर्छ । जिल्लास्तरमा, पालिकास्तरमा, वडास्तरमा पनि यस्तो अभियान सञ्चालन हुनेगर्छ तैपनि, लैंगिक हिंसाको अबस्था ज्यूँकात्यूँ छ । यसले लैंगिक हिंसाविरुद्ध चलाइएका अभियानको प्रभावकारितामा प्रश्नचिन्ह खडा गरेको छ ।
कि अभियानअन्तर्गतका कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने हो भन्ने सवाल उठेको छ । घरकी स्त्रीलाई दबाबमा राखेर सभा, समारोहमा भाषण ठोक्दै हिड्नेहरुको दबदबा हुञ्जेल लैंगिक हिंसा न्युनिकरण हुनेछैन । घरको सम्पूर्ण काम महिलाले गर्ने, पुरुष ‘पानीमाथिको ओभानो’ बनेर हिड्ने दिन रहुञ्जेल लैंगिक हिंसा न्यूनिकरण हुनेछैन । भाइलाई बोर्डिङ स्कूल पु¥याएर दिदी हतार हतार गर्दै सामुदायिक विद्यालय जाने क्रम रहुञ्जेल यो लैंगिक हिंसा जीवितै रहनेछ । वैदेशिक रोजगारीमा गएका पतिको पछि लागेर पत्नी डिपेन्डेन्ट भिसामा विदेश जाउञ्जेल लैंगिक हिंसाको अबस्था उस्तै रहन्छ ।
उसो भए लैंगिक हिंसाका कारक पुरुषमात्र हुन् त ? पुरुषसंग प्रतिशोधको भावना राखेर लैंगिक हिंसा न्यूनिकरण हुनसक्ला त ? महिलाबाट पीडित महिलाको संख्या कम होला र ? त्यस्तै लैंगिक हिंसाभित्र पत्नी पीडक, पति पिडित भएका घटना पनि समाजमा बग्रेल्ती छन् । अब यो कोणबाट पनि हेर्नुपर्ने अबस्था छ । विदेशको भूमिमा रगत पसिना बगाएर घर चलाउन पठाएको श्री सम्पति कुम्ल्याएर अन्तै हिँड्ने पत्नीका कारण पीडित पतिको संख्या पनि कम छैन ।
संख्यात्मक हिसाबमा पुरुषबाट पीडित हुने महिलाका संख्या धेरै छन् । यस्ता घटनाको इतिहास पनि लामो छ । तर बदलिँदो समय र परिवेश अनुसार हिँसाका भेरियण्टहरु पनि बदलिएका छन् । त्यसैले महिला र पुरुषको समपहलबाट यो न्युनिकरण सम्भव छ । त्यसका लागि सबैभन्दा पहिले शिक्षा र चेतनाको विकास हुनु जरुरी छ ।




