
गोरखामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’भन्ने राष्ट्रिय नारा सहित गोरखामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट ठुलोआँगनसम्म प्रभातफेरी कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो ।
सामाजिक विकास कार्यालयको आयोजनामा संचालित अभियानको पहिलो दिन सोमबार, जिल्ला प्रशासनबाट जिविस चोक, हरमटारी, बिसौनीमोड, शक्तिचोक, बसपार्क हुँदै ठुलोआँगनसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो । ¥यालीका सहभागीहरुले लैङ्गिक हिंसा आजैबाट बन्द गरौँ, महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार, महिला रोकिए संसार रोकिन्छ, खुलेर बोलौँ, बिभेद रोकौँ, सबै प्रकारकालैङ्गिक हिंसा अन्त्य गरौँ लगायतकानारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
मंसिर १० गतेदेखि सुरु भएको अभियानमंसिर २५ गतेसम्मचल्ने सामाजिक विकास कार्यालयका तुलसिं गुरुङले बताए । उनका अनुसार मंसिर २४ गते बारपाक सुलिकोट गाउँपालिकासँग समन्वय गरेर वडा स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरिनेछ । लैङ्गिक हिंसा सम्बन्धीविषय वस्तुहरुलाई समेटेर प्रतियोगिता हुने उनले जानकारी दिए । अन्य पालिकाहरुले पनि आफ्नै हिसाबले अभियान मनाउने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको संयोजकत्वमा भएको अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, गोनपाकी उपप्रमुख मसलीमाया थोकर, सुरक्षानिकायहरु, विभिन्न कार्यालय र संघसंस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरुले सहभागिता जनाएको बताइएको छ ।




