| मङ्लबार, कार्तिक २४, २०८३

बगुवा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना

भिमसेनथापा गाउँपालिका वडा नं.५ स्थित बगुवा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको हो । आँखा उपचार केन्द्र स्थापना गरी सोमबारबाट सेवा शुभारम्भ गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

गाउँपालिकाबासिहरुलाइ सहज आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यल चालु आ.ब. २०८१/०८२ मा पालिकाले आँखा सेवा केन्द्र सन्चालनका लगि बजेट बिनियोजन गरी सेवा सुरुवात गरिएको हो । आँखा उपचार केन्द्र सञ्चालनका लागि एक जना नेत्र सहायक गाउँपालिकाबाट नियुक्ति गरिएको उनले बताए ।

केन्द्रमा आवश्यक पर्ने सामग्री तथा उपकरण लायन्स आँखा सेवा केन्द्र गोरखाबाट व्यवस्थापन गरिएको छ । सोही कार्यक्रमको बीच आँखा सेवा केन्द्रका अध्यक्ष श्रवण कुमार जोशीले आँखा जाँच सेवाका लगि आवश्यक पर्ने उपकरण पालिकालाई हस्तान्तरण गरेका छन् ।

वडा नं. ५ का वडाध्यक्ष एवम बगुवा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बरामुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृता देवि वस्ति भट्ट, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवण कुमार जोशि, सामजिक विकास समितिका संयोजक नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्