| मङ्लबार, कार्तिक २४, २०८३

भैलो खेलेर अनाथ बालबालिकालाई सहयोग

गोरखा नगरपालिकाको सतिपिपल, भाङबारीका देउसी भैलो समूहले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकालाई सहयोग गरेका छन् । समूहले बालमन्दिर माविको अनाथआश्रममा रहेर पढिरहेका बालबालिकाका लागि चामल, नून, तेल, विस्कुट लगायतका सामग्री प्रदान गरेका हुन् ।
साथै सोही अवसरमा अजीरकोट गाउँपालिका ४ सिम्जुङका श्यामकुमार गुरुङले अनाथ बालबालिकाका लागि पाँच हजार रुपैयाँ नगद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्