| आइतवार, कार्तिक २२, २०८३

अवैध औषधी बेच्नेलाई बिना कारबाही उन्मुक्ति

शिव उप्रेती ः ठूलो परिमाणको अवैध औषधीसहित पक्राउ परेका तीन भारतीय नागरिकलाई प्रहरीले कागज गराएर छाडेको छ । औषधी ऐन २०३५ तथा उपभोक्ता संरक्षण ऐन २०५४ उल्लंघन गरी अबैध रुपमा औषधी बेचबिखन गदै हिडेका भारत उत्तर प्रदेशका तीन जनालाई बुधबार बिहान पक्राउ गरी अबदेखि यस्तो काम नगर्ने व्यहोराको कागज गराएर छाडिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
औषधी व्यवसायी संघ, गोरखाको सूचनाको आधारमा प्रहरीले उत्तर प्रदेश, सफियावाद, सरजहाँपुरका जान मोहम्मद, रफि मोहम्मद र रखरलाई गोरखा बजारबाट पक्राउ गरेको थियो । ‘गाउँघरमा बिभिन्न रोगको औषधी भन्दै अबैध औषधी बेच्दै हिडेको अबस्थामा फेला पा¥यौं’, डिएसपी नेपालले भने, ‘उनीहरुको साथमा तरकारीमा प्रयोग गर्ने विषादीको बट्टामा राखेर बिभिन्न झोल, अनगिन्ती गोली तथा ट्याब्लेटहरु बराम भए ।’ औषधी बिक्रेतासंग कुनै खालको योग्यताको प्रमाणपत्र, अनुमतिपत्र नभेटिएको, औषधीमा लेबल नलगाइएको, म्याद नखुलेको, सिल नगरिएको, उत्पादन कम्पनी नतोकिएको हुनाले अवैध भएको उनले बताए । अवैध औषधी खाल्डोमा गाडेर उनीहरुलाई अबदेखि यसरी बेच्दै नहिड्न प्रतिवद्ध गराई छाडिएको उनले बताए । ‘पहिलो चोटीलाई छोडिदिउँ भनेर छोडिएको हो’, उनले भने ।Image may contain: 4 people, people sitting
मानव स्वास्थ्यलाई प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने अवैध औषधी बेचबिखन गर्नेलाई कारबाही हुनुपर्ने त्यतिकै छाडिएकोमा औषधी व्यबसायी संघले बिरोध जनाएको छ । औषधी ऐनले निश्चित गरेको कानूनी कारबाही हुनु पर्ने संघका अध्यक्ष संगमबाबु श्रेष्ठले बताए ।‘बिना प्यान नंबर, बिना अनुमति, बिना दर्ता, बिना स्टिकर, बिना लेभल, बिना गुणस्तर प्रमाणित, बिना व्याच नंबर, बिना मितिको औषधी समातिएको छ’, श्रेष्ठ भन्छन्, ‘दुई वटा माइकले भ्रमपूर्ण प्रचार गर्दै हिडेका छन् । औषधी व्यवस्था बिभागको मापदण्ड, ऐन, कानूनको उल्लंघन गर्नेलाई पनि पक्राउ गरेर त्यतिकै छाडिनु राम्रो भएन ।’ यसअघि पनि पटक पटक उजुरी गरिएको र सबैलाई पहिलोचोटी भन्दै छोडिएको उनले बताए । ‘एउटा मान्छे पहिलो चोटी समातिन्छ छोडिन्छ । यसअघि पनि कैयौंचोटी यसैगरी पहिलोचोटी भन्दै छोडिएको छ’, श्रेष्ठले भने, ‘प्रत्येक चोटी पहिलोचोटी भन्दै छोड्ने हो भने कहिल्यै पनि अवैध गतिबिधि रोकिदैन ।’Image may contain: 4 people, people sitting and table
मौजुदा औषधी ऐन २०३५ को परिच्छेद ४, दफा ८, क र १० क मा दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्नु पर्ने निश्चित गरेको छ । त्यस्तै दफा ११ मा उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकरण प्रत्येक अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको म्याद नाघेको मितिले पैंतीस दिन भित्र तोकिएको दस्तुर तिरी प्रत्येक वर्षको लागि नवीकरण गराउनु पर्ने उल्लेख छ । परिच्छेद ५ मा औषधीको गुणस्तरको व्यबस्था गरेको छ । त्यस्तै दफा १९ मा झुठा वा भ्रमात्मक प्रचारको र ३४ मा दण्ड वा सजायँको पनि ब्यबस्था गरेको छ ।
तर ऐन, कानूनको बेवास्ता गरी जिल्ला प्रहरी कार्यालयले अबैध औषधी बिक्री गरी हिड्नेहरुलाई चिया खुवाएर खुशीराजी साथ छोडेको हो ।Image may contain: 4 people, people standing and outdoor

प्रतिक्रिया दिनुहोस्