
१२ औ स्थापना दिवस सशस्त्रले विविध कार्यक्रम गरी मनायो
सशस्त्र प्रहरी बल नम्वर २९ गुल्म गोरखाको १२ औ स्थापना दिवस सोमवार विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसरमा सकल दर्जाका २० जना सशस्त्र प्रहरीहरुलाई पुरस्कृत गरिएको छ । एक बर्षको अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको गुल्मका प्रमुख डिएसपी केशवराज ओलियाले बताए ।
स्थापना दिवसको अवसरमा विभिन्न घटनाक्रममा सहादत भएका अमर सशस्त्र प्रहरीका परिवारलाई सम्मान समेत गरिएको उनले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि डिआइजी कुलबहादुर नेम्वाङले उनीहरुलाई पुरस्कृत र सम्मान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका मेयर, उमपेयर, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।




