| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको ठेउवाटारमा बेवारिसे शव फेला

सहिदलखन गाउँपालिका–४ ठेउवाटार स्थीत त्रिशुली नदी किनारमा बेवारिसे शव फेला परेको छ । आईतबार बिहान ११ बजेतिर शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी इन्द्र प्रसाद सुवेदीका अनुसार अन्दाजी २०–२५ वर्षको युवतीको शव फेला परेको हो । हालसम्म उक्त शवको पहिचान हुन नसकेको उनले बताए । घटनाबारे कार्यालयबाट थप अनुसन्धान भई रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्