
ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिमा एकलाखको अक्षयकोष
गोरखा नगरपालिका–७ सतिपिपल घर भई हाल हङकङ बस्दै आएका मंगलबाबु मालबुलले ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिमा एकलाखको अक्षयकोष स्थापना गरेका छन् ।
मालबुलले सदरमुकाममा क्रियाशील उक्त संस्थामा आफ्ना स्वर्गीय आमा बाटुली मालबुल र बुबा हिराबहादुर मालबुलको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । मालबुलले गत बिहिबार सदरमुकामस्थित ठूलो आँगनमा एक समारोह बीच समितिका अध्यक्ष सुरेशमान श्रेष्ठलाई नगद हस्तानतरण गरेका हुन् ।




