| सोमवार, कार्तिक २३, २०८३

उहियाका आमा कृषक समूहको काम अनुसरणीय

हिजोआज साँझ परेपछि देउसी भैलोले बजारको माहोल तात्छ । बजारमात्र होइन गाउँगाउँमा पनि देउसी भैलोका कार्यक्रमहरु चलिरहेका छन् । एकादशीसम्म चल्ने देउसी भैलो नेपालीहरुको संस्कृति र पहिचानसँग जोडिएको छ । संस्कृति संरक्षण र प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग पु¥याएकै हुन्छ । तर पछिल्लो समय संस्कृतिको नाममा बिकृतीहरु बढ्न थालेका छ । आजभोलीको देउसी भैलोले मौलिकता गुमाउँदै गएको छ । स्पिकर बजाएर उफ्रने प्रवृतिले देउसी भैलोको मौलिक शैलिलाई निलिसक्यो ।

यति मात्र होइन देउसी भैलोलाई आर्थिक उपार्जनको रुपमा मात्र जोड्न थालेको देखिन्छ । संकलन भएको रकमको सही सदुपयोग कमै मात्रले गरेको देखिन्छ । पिकनिक जाने र रमाइलो गरेर रकम सक्ने प्रवृति मौलाएको छ । तर धार्चे गाउँपालिकाका उहिया कृषक आमा समूहले भने कृषि उपकरण खरिद गर्ने उदेश्य सहित देउसी भैलो कार्यक्रम संचालन गरेको छ । सामूहिक खेतीको अवधारणा सहित देउसी भैलोबाट संकलित रकमले हाते ट्याक्टर, कुटानी पिसानी मिल लगायतका कृषि उपकरण खरिद गर्ने योजना उनीहरुको छ ।

देउसी भैलोबाट संकलित रकम यस्तै राम्रा कार्यमा खर्च गर्न सके त्यसको सहिसदुपयोग हुने छ । घुमफिर र पिकिनिकमा मात्र रकम सिध्याउनु भन्दा केही रकम सामाजिक कार्यमा खर्च गर्न सके त्यो उपलब्धीमूलक पनि रहने छ ।
संस्कृतिलाई निरन्तरता दिदै त्यसको संरक्षण गर्न देउसी भैलो खेल्नुपर्छ । तर त्यसबाट उठेको रकमको पनि सहीसदुपयोग हुनु आवश्यक छ । उहियाका आमा कृषक समूहले जस्तै देउसी भैलोको रकम सामाजिक र उपलब्धीमूलक काममा खर्च गर्न सके प्रंशसाको पात्र बनिने छ ।

प्रतिक्रिया दिनुहोस्