| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको बस धादिङमा दुर्घटना, १३ यात्रु घाइते

काठमाडौंबाट गोरखा आउँदै गरेको बा ४ ख ४४७६ नम्वरको यात्रुवाहक बस वुधवार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुर्घटना भएको छ । विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बससँग ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुको आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा उपचार भएको कार्यालयका प्रवक्ता प्रह्लाद सिलवालले बताए । तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण केही समय पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध सडक सञ्चालन गरिएको सिलवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्