
धार्चे र चुमनुब्रीमा होमस्टे प्रवद्र्धन गर्दै स्वाँरा सघन
स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखाको मुख्य पर्यटकीय क्षेत्र चुमनुब्री र धार्चेमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम अघि ल्याएको छ । पर्यटनबाट निम्नबर्गका स्थानीयबासीले पनि लाभ लिन पाउन् भन्ने उद्देश्यले सो संस्थाले होमस्टे संचालनसम्बन्धी कार्यक्रम अघि सारेको हो । संस्थाले ती दुई गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरुका लागि होमस्टे सञ्चालन गर्नका लागि आवश्यक सामाग्री हस्तानतरण गरेको हो ।
केन्द्रले युएसएआईडीद्वारा सञ्चालित जल जंगल परियोजनाको आर्थिक सहयोगमा चुमनुब्री–३ फिलिममा ‘आँगाअर्गानिक होमस्टे’ संचालन गरिरहेका १० घरधुरी र धार्चे गाउँपालिकाका ११ घरधुरीलाई सामाग्री हस्तान्तरण गरेको हो । साथै, चुमनुब्रीका २४ र धार्चे गाउँपालिकाका २६ विपन्न लघु उद्यमीहरुलाई समेत लघु उद्यम संचालन गर्नका लागि आवश्यक सामाग्रीहरु वितरण गरिएको स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए ।
चुमनुब्रीको लघु उद्यम अन्तरगत ऊनको सामाग्री बुनाई, सिलाई बुनाई सम्बन्धी व्यावसाय, खाजा घर (सानाहोटल) संचलन, पिठो पिस्ने मेशिन संचालन, मकै छोडाउने मेशिन संचालन र तरकारी खेतीका लागि प्लास्टिक टनेल रहेको छ भने धार्चेको लद्यु उद्यम अन्तरगत ऊनको धागो तथा सामाग्री, मौरीपालनको लागि एक दिने अभिमुखिकरण तालिम साथै मौरीसहितको घार वितरण, आरनको सामाग्री वितरण, पानी घट्टा निर्माणको लागि पाइप वितरण, तरकारी खेतीको लागि प्लास्टिक टनेल, स्थानीय जडिबुटीबाट मर्चा बनाउनको लागि सहयोग, खाजा घर संचालन आदि सम्बन्धी आवश्यक सामाग्रीहरु वितरण गरेको बताइएको छ ।
समुदाय स्तरमा संचालित लद्यु उद्यम संचालनमा सहजता पु¥याउने उद्देश्य सहित सामाग्रीहरु वितरण गरेको केन्द्रको भनाई छ ।




