| आइतवार, कार्तिक २२, २०८३

बारपाकमा संचालनमा आयो ‘मिलाप मसला उद्योग’

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा ‘मिलाप मसला उद्योग’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्धघाटना गरेसँगै उद्योग संचालनमा आएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्ता उद्योगहरु संचालनमा आउन जरुरी रहेको बताएका छन् ।

‘अहिले युवाहरु रोजगारीका लागी विदेशी लहर बढ्दो छ, यस्तो अवस्थामा देशमै केही गर्न सकिन्छ भन्ने उदेश्य सहित अमेरीका छाडेर उद्योग संचालन गर्नु उदाहरणीय काम हो’, उनले भने, ‘यसले सामुहीक भावनाको जागृत सँगसँगै बाँझो जमिनको उपयोग भएको भएको छ, यस्ता योजनाहरुलाई प्रवद्र्धन गर्नु हामी सबै सरोकारवाला निकायहरुको दायित्व हो ।’ विदेशमा सकिेका सीपलाई देशमा लगानी गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने उनले बताएका छन् ।

संस्थाका सदस्य एवं संरक्षक मणिनेपाली पनेरुको पहलमा संचालित मिलाप मसला उद्योगमा बेसार, कफी, टिमुर र कुरीलो जस्ता मसलाजन्य वस्तु उत्पादन हुने सहकारीका सचिव टंक प्रसाद न्यौपानेले बताए । ‘मणिनेपाली पनेरु अमेरीकाका प्रोफेसर हुन्, आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भनेर उहाँको अग्रसरतामा उद्योग संचालनमा आएको हो’, उनले भने, ‘हामीले करिब २०० रोपनी जग्गा भाडामा लिएर कफी, कुरीलो र टिमुरको विरुवा आँफैले उत्पादन गरी तीनको खेती समेत गरिरहेका छौँ ।’

३३ जना सदस्य रहेको मिलाप कृषि सहकारीले आफ्नै कृषि विज्ञ र कर्मचारीहरु राखेर उद्योग संचालन गरिरहेको उनले बताएका छन् । उद्योग संचालनमा आएसँगै स्थानीयहरुलाई सामूहीक रुपमा खेतीगर्ने बानीको बिकास भएको उनको भनाई छ ।

मिलाप कृषि सहकारीका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख आतिथ्यतामा सम्पन्न उद्धघाटना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, बारपाक सुलिकोट गाउँपालिका वडा नं–४ का वडाअध्यक्ष भिम बहादुर गुरुङ, कृषि ज्ञान केन्द्र गोरखा, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्