| मङ्लबार, कार्तिक २४, २०८३

बर्षाले अवरुद्ध ग्रामिण सडक संचालनमा

बर्षाका कारण अवरुद्ध ग्रामिण सडकहरु संचालनमा आएका छन् । मर्मतसम्भार पश्चात उक्त सडकहरु संचालनमा आएका हुन् । सडक सुचारु भएसँगै लाप्राक, माछाखोला, थुमी लगायतका ग्रामिण भेगमा यात्रुवहाक बस पुगेको छ ।

केही दिनअघिदेखि तीन ठाउँहरुमा गाडी पुगेको दरौँदी गोरखा यातायात सेवा प्रालिले जनाएको छ । ‘बर्षाअघि ती ठाउँमा गाडी गइरहेको थियो,’ प्रालिका संचालक समिति सदस्य अन्जन खत्रीले भने, ‘बर्षाले बाटो बिगारेपछि लाप्राक, माछाखोला र थुमी गाडी पुगेको थिएन ।’

उनका अनुसार लाप्राक जाने गाडी बारपाकसम्म, माछाखोला जाने गाडी सोतीसम्म र थुमी जाने गाडी आरुघाटसम्म मात्र जाने गरेको थियो । सडक सरसफाइ गरेसँगै अहिले ती ठाउँमा गाडी पुग्न थालेको उनले जानकारी दिए । यात्रुवहाक बस पुग्न थालेसँगै आउजाउमा सहज भएको भन्दै स्थानीय खुशी छन् ।

प्रतिक्रिया दिनुहोस्