| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा पोलियो उन्मुलन दिवस मनाइयो

बिहिबार विश्व पोलियो उन्मुलन दिवस गोरखामा पनि कार्यक्रम गरी मनाइएको छ । रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ बज्रमनासलुको आयोजनामा ¥याली सहितको कार्यक्रम गरी दिवस मनाइएको हो ।

विश्वव्यापी रुपमा पोलियो उन्मुलन गर्नका लागि रोटरी क्लवले महत्वपूर्ण भूमिका खेलेका कारण रोटरी क्लवकै सक्रियतामा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी पोलियो उन्मुलन दिवस मनाइएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष बिनोद बस्नेतले बताए ।

‘विश्वमा पोलियो उन्मुलन गर्नमा रोटरीको ठूलो योगदान छ । त्यसैले रोटरीले आज (बिहिबार) विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ’, उनले भने, ‘नेपालको पनि सबै ठाउँहरुमा १६० रोटरी क्लवहरुले ¥याली कार्यक्रम गरेका छन् । सोही सन्दर्भमा गोरखामा पनि कार्यक्रम गरेका हौँ ।’ रोटरीले गोरखा सदरमुकामको प्रतिक्षालयदेखि ठुलोआँगनसम्म ¥याली गरेर पोलियो उन्मुलन दिवस मनाएको उनले बताएका छन् ।

रोटरी क्लव अफ गोरखाका अध्यक्ष बिनोद बस्नेतको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्पन्न पोलियो उन्मुलन दिवस कार्यक्रममा रोटरी क्लव अफ बज्र मनासलुका अध्यक्ष सुमेन्द्र श्रेष्ठ, रोटरीका डिष्ट्रिक्ट अफिसर बिशाल राना मगर, रोेट्रयाक्ट क्लव अफ गोरखा, रोट्रयाक्ट क्लव अफ बज्रमनासलु र इन्ट्रयाक्ट क्लव अफ ओल्ड क्यापिटलका पदाधिकारीहरु, जिल्ला प्रहरी कार्यालय गोरखा, सशस्त्र प्रहरी बल, गोरखा नगरपालिकाको स्वास्थ्य शाखा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्