
गण्डकी गाउँपालिकामा पोथी चितुवा मृत फेला
गण्डकी गाउँपालिका–२ आमडाँडा सामुदायिक वनमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । वयस्क पोथी चितुवा सोमबार मृत अवस्थामा फेला परेको वन अधिकृत रबी आनन्द गोपालले बताए ।
‘वन हेरालुले खबर गर्नुभयो, घटना स्थलमा पुगेर हेर्दा भाले पोथी जुधेर मृत्यु भएको देखिन्छ’, उनले भने, ‘चितुवाको मुखमा कमिलाहरु पनि छ, यसले उसको मृत्यु भएको केही समय बितिसकेको देखाउँछ ।’ चितुवालाई सव–डिभिजन कार्यालय लगी प्रहरीको रोहबरमा पोसमार्टम गर्ने तयारी भईरहेको उनले बताएका छन् ।




