| मङ्लबार, कार्तिक २४, २०८३

यातायातको भाडादर अनुगमन गर्नुपर्ने अनेरास्वावियु गोरखाको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वावियु) गोरखाले यातायातको भाडादर अनुगमन गर्न माग गरेको छ । नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा मनपरी भाडादर असुली जनतालाई सास्ती दिने प्रवृत्ति रहेकाले यातायातको भाडादर अनुगमन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

बढि भाडा लिनेलाई कारबाही गरिनु पर्ने अनेरास्ववियु केन्द्रीय सदस्य प्रताप ढकालले बताए । साथै बाढी पहिरो जस्ता प्राकृतिक विपत्ती परेको बेला हुने महङ्गी कालोबजारीले नागरिक मारमा परेका छन् । त्यसलार्य मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको बजारको मूल्यसूची लगायतका बिषयको प्रभावकारी बजार अनुगमन हुनुपर्नेमा अनेरास्वावियु गोरखाले ध्यानाकर्षण गराएको छ ।
उपभोग्य बस्तुमूल्य भन्दा बढीमा बिक्री, म्याद गुज्रेका बस्तु बिक्री वितरण, कालोबजारी गरेमा कानुन वमोजिम कारबाही हुनु पर्ने माग गरिएको उनले बताए । विद्यार्थीलाई यातायातको भडादरमा ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्