| मङ्लबार, कार्तिक २४, २०८३

संचालनमा आयो बारपाक–लाप्राक सडकखण्ड

बर्खाभरिा अवरुद्ध बनेको बारपाक लाप्राक सडकखण्ड संचालनमा आएको छ । बर्खाका बेला अबिरल वर्षका कारण पूर्ण रुपमा बन्द रहेको उक्त सडकखण्ड आईतबारबाट संचालनमा आएको हो ।

सडक सुचारु नहुँदा उत्तरी भेगका बासिन्दाहरु बारपाकदेखि पैदल हिँड्न बाध्य बनेको धार्चे गाउँपालिका वडा नं–५ गुम्दाका अध्यक्ष भिमप्रसाद गुरुङले बताए । ‘बाटो बन्द हुँदा खाद्यान्न ढुवानीमा समस्या परेको थियो, माथिल्लो भेगका मान्छेहरु बारपाकदेखि पैदल हिँड्न बाध्य थिए’, उनले भने ।

सडक सुचारु भएसँगै धार्चेबासीलाई धेरै राहत मिलेको उनको भनाई छ ।
यस्तै, लाप्राकदेखि गुम्दासम्मको सडकखण्ड पनि सुचारु भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै पालिकाले उक्त सडकखण्ड सुचारु तथा मर्मत सम्भारको काम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्