
खोलाले बगाएर ज्यान गुमाएकी श्रेष्ठको परिवारलाई रहत रकम वितरण
गत असोज १३ गते आइतबार सुकौरा खोलाले बगाएर ज्यान गुमाएकी सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अँधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई राहत रकम वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई दुई लाख ५० हजार राहत रकम उपलब्ध गराएको हो । सङ्घीय सरकारबाट प्राप्त दुई लाख र प्रदेश सरकारको ५० हजार गरी साढेँ दुई लाख राहत रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताए ।
उक्त रकम प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार मृतककी छोरीलाई हस्तान्तरण गरेका हुन् । उनी गत शनिवार बिहान ११ बजे बुंकोटस्थित दिदीको घरबाट आफ्नो घर जान निस्केकी थिइन् । आइतबार बिहान उनी खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन् ।




