
सुरक्षाकर्मीको बर्दी र पोशाकको दुरुपयोग हुन नदिऔँ
सुरक्षाकर्मीलाई चिनाउने उनीहरुको बर्दीले हो । यसमा उनीहरुको सान, मान रहेको हुन्छ । बर्दी सुरक्षाकर्मीको पहिचान हो, गौरव हो, प्रतिष्ठा हो । आफ्नो पहिचान, आफ्नो मान प्रतिष्ठाको संरक्षण गर्ने जिम्मा सबैको हुन्छ । सुरक्षाकर्मीले पनि आफ्नो पहिचानको संरक्षण गर्नु प्रमुख दायित्व हो ।
अहिले स्वतन्त्रतालाई अल्लि धेरै नै उपभोग गरेको पाइन्छ । स्वतन्त्रताको नाममा विशेषगरी प्रहरीको बर्दीको जहाँतहीँ, जसले पायो त्यसले दुरुपयोग गरेको पाइन्छ । दज्र्यानी चिन्ह भएको बर्दीसमेतको दुरुपयोग भएको पाइन्छ । जुन दज्र्यानी चिन्ह आफ्नो काँधमा भिर्दा सुरक्षाकर्मीले गर्वको महशुस गर्छन्, त्यही चिन्ह भएको पोशाक लगाएर विभिन्न नाटक, चलचित्र, गाईजात्राहरुमा जथाभावी अभिनय गरेको पाइन्छ ।
यसले उनीहरुको सान, मान, इज्जत, प्रतिष्ठा र आत्मसम्मानमा चोट पु¥याइरहेको हुन्छ । त्यसैले दज्र्यानी चिन्ह भएको सुरक्षाकर्मीको पोशाकको दुरुपयोग हुनबाट जोगाउनु आवश्यक छ । हालै जिल्ला प्रशासन कार्यालय गोरखाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रचलित कानून बमोजिम प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्हसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दज्र्यानी चिन्ह प्रयोग नगर्न सूचना जारी गरेको छ ।
त्यस्ता अभिनयका क्रममा तथा बिभिन्न सरकारी तथा गैर सरकारी र निजी सुरक्षा संघसंस्थाहरुका सुरक्षा गार्डहरुले समेत मिल्दोजुल्दो पोशाक र दज्र्यानी चिन्ह प्रयोग गर्ने गरेको पाइएको भन्दै यस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको हो ।
वुधवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मिल्दोजुल्दो पोशाक र दज्र्यानी चिन्ह प्रयोग गर्दा भ्रम उत्पन्न भई कतिपय अवस्थामा अपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु घट्न सक्ने प्रशासनले जनाएको छ ।
यसले जिल्लाको शान्ति सुरक्षा कायम गर्न समेत वाधा पु¥याउने हुँदा संवेदनशील हुन आग्रह गरिएको छ । सूचनाको वेवास्ता गर्दै यदि कोही कसैले प्रयोग गरेको पाइएमा कानून अनुसार कडा कारवाही गर्ने प्रशासनको चेतावनी छ ।




